चलचित्र ‘जार’, पोस्टर रिलिज आइतबार

चलचित्र खबर, काठमाडौँ :- निर्देशक छिरिङ लामाको निर्देशनमा बनेको चलचित्र ‘जार’को फस्टलुट पोस्टर आइतबार सार्बजनिक भएको छ | गत बर्ष निषेधाज्ञाअगावै भारतको सिक्किममा छायांकन गरिएको चलचित्रको पोस्टरमा मुख्य अभिनेत्री ‘गीतांजली थापा’लाई केन्द्रित गरिएको छ भने भारतीय राष्टिय अवार्ड विजेता अभिनेत्री गीतांजली सँगै अभिनेता द्वय सौगात मल्ल र अनुप बिक्रम शाहीलाई पृष्ठभूमिमा देखाइएको छ |

सन् १८ सयको दशक अन्त्यतिर सिक्किमेली समाजमा घटेको एक यथार्थ घटनामा आधारित रहेर निर्माण गरिएको भनिएको यो चलचित्रमा महिला पात्रको केन्द्रिय द्वन्द रहेको बताइएको छ |

सलोन र रुबिनाको ‘डाँडाको वरपीपल’ तस्विर सार्वजनिक

निर्माण टीमले यसै वर्ष प्रदर्शन गर्ने भनिएको चलचित्र फेर्री टेल पिक्चर्सले ‘होप रिल एण्ड एलए सर्ट्स’ सँगको सहकार्यमा निर्माण गरिएको छ भने चलचित्रमा झुमा लिम्बु र गंगा थापाको संगीत छ साथै सम्पादन अखिलेश राईको छ । भारतिय टिम संलग्नतामा चलचित्रको छायांकनदेखि सम्पादनसम्मको सम्पूर्ण प्राविधिक काम सकिएको निर्माण टिमले बताएको छ ।

Source link