
चलचित्र खबर, काठमाडौँ :- कलाकार तथा निर्देशक ‘सुदर्शन थापा’ नेपाली सिनेमा जगतका एउटा सुप्रसिद्ध नाम हुन् | चलचित्रमा आफुलाई निर्देशकको भूमिकामा अब्बल साबित गरिसकेका उनि कलाकार पनि हुन् | स्वर्गीय आलोक नेम्बाङद्वारा निर्देशित फिल्म ‘अझै पनि’ र आफैद्वारा निर्देशित फिल्म ‘चंखे शंखे पंखे’मा उनले आफ्नो अभिनय कला देखाउने प्रयास गरेका थिए |
चलचित्रको गित संगीतमा विशेष महत्व दिने उनि राम्रा गीतकार पनि हुन् | उनको संगीत र शब्द छनौटमा देखिने कुशलताका कारण उनका चलचित्रका प्राय गीतहरु एकदमै लोकप्रिय हुने गरेको पाइन्छन |
निर्देशन तथा कलाकार छनौटमा अब्बल भूमिका देखाउने उनको आज सोमबार जन्म दिन परेको छ | जन्म दिनको अवसरमा लामो समय देखि प्रेम सम्बन्धमा रहेकी प्रेमिका सुप्रिया कटुवालसंग आज उनले औठी साटासाट गरेका छन् |
संचारकर्मी तथा अभिनेत्री समेत रहेकी सुप्रियासंग काठमाडौंको पाँचतारे होटलमा औठी साटासाट गर्दै उनीहरु यसै बर्ष बिवाह गर्ने योजनामा रहेको बताएका छन |
