मटिहानी नगरपालिका द्वारा पीरबाबा मजारको सौन्दर्यीकरण र निर्माण कार्यको समुद्घाटन गरिएको छ ।

मटिहानी नगरपालिका द्वारा मटिहानीमा रहेको प्रसिद्ध, पौराणिक एवं ऐतिहासिक र हिन्दू मुस्लिमको आस्थाको केन्द्र पीरबाबा मजारको सौन्दर्यीकरण र निर्माण कार्यको समुद्घाटन आज मटिहानी नगरपालिका नगर प्रमुख (मेयर) श्री हरि प्रसाद मण्डलज्यू द्वारा सु-सम्पन्न भयो ।
पालिकाले करिब १५ लाखको लागतमा मजारको सौन्दर्यीकरण गरेको कुरा इंजीनियर बिमलेश साहले बताउनु भयो। मजार पाँच (५) सय वर्ष पुरानो रहेको कुरा स्थानीयहरु बताउछन ।
मटिहानी न.पा. वड़ा नं. ७ का वड़ा अध्यक्ष जितनारायण माझीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मटिहानी न.पा. वड़ा नं. ६ र ८ का वड़ा अध्यक्षहरु क्रमशः रामबाबु नायकज्यू र गणेश प्रसाद साहज्यू, मटिहानी न.पा. वड़ा नं.-८(आठ)का वड़ा सदस्य जुबैर लहेरीज्यू ,मटिहानी न.पा. वड़ा नं.-६(छौ)का वड़ा सदस्य नूर मोहम्मद राईनज्यू कार्यपालिका सदस्यहरु बेचनी देवी मंडल, सुनकेशी चौधरी, जीवछ ठाकुर, रूना देवी, महोत्तरी उद्योग वाणिज्य संघको उपाध्यक्ष श्री नागेश्वर गुप्ताज्यू ,श्री राजकीय संस्कृत मा.बि. का प्र.अ. श्री ईश्वरी पौडेलज्यू, लो.स.पा. का मटिहानी नगरपालिका अध्यक्ष श्री श्याम कुमार मण्डलज्यू ,बृज नारायण कर्णज्यू,कलीम अंसारीज्यू, ने.क. पा. एमालेका जुगेश्वर खत्वेज्यू , राम एकबाल पूर्वेज्यू, नूरी मोहला का सेक्युरिटी मो.खुर्शेद आलम, एमाम हसरत मौलाना मो. तहसीन रजा वाइजी, जमशेद कवाडी ,आलम लहेरी लगायतका स्थानीयहरुको सहभागिता रहेको थियो ।