
ज्ञानेन्द्र शाहको परिवारले पनि भाइटीका मनाएका छन् । पूर्वराजपरिवार सदस्यको रुपमा रहेको उनीहरुले पनि तिहारको भाईटीका मनाएका हुन् ।
नेपालीको दोस्रो ठूलो चाडका रुपमा मनाइने तिहारको मुख्य दिन आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाएर र आशिर्वाद दिएर मनाइरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहले पनि भाईटीका लगाएका हुन् ।
तिहारका अवसरमा नेपाली कलाकारहरुले पनि आफ्ना दिदीबहिनी–दाजुभाईहरुलाई टिका लगाइदिएर मनाएका छन् ।
हरेक दिदीबहिनी र दाजुभाईबीचको प्रेमको प्रतिकको रुपमा मानिएको तिहारमा दिदीबहिनीहरुले दाजुभाईको रक्षार्थ टीका तथा, मखमली फुलको माला लगाइदिने परम्परा रहिआएको छ ।
