साँघुटारस्थित बाँकीमेरीमा मतपेटिका बोकेको गाडी दुर्घटना, तीन जना घाइते – Anautho

रामेछाप । रामेछापको साँघुटारस्थित बाँकीमेरी भन्ने ठाउँमा मतपेटिका बोकेको गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।रामेछाप नगरपालिका–१ गोठगाउँबाट मतपेटिका बोकेर रामेछाप बजार जाँदै गरेको गाडी ब्रेक फेल भएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार ना७ख ३५०४ नम्बरको गाडी ब्रेक फेल भएर दुर्घटना हो । उक्त दुर्घटनामा परी प्रहरी जवान जलन राई, म्यादी प्रहरी टंकप्रसाद गौतम र मनोज सुनुवार घाइते भएका हुन् ।(news 24) बाट साभार

रौतहटको यमुनामाई गाउँपालिका–२, भिडियाही मत केन्द्रमा शुक्रबार स्थानीय तह निर्वाचनको मतदान सकिएपछि लुटिएको मतपेटिका सुरक्षाकर्मीले फिर्ता ल्याएको छ ।मतदान सकिएपछि विवाद चुलिएको क्रममा स्थानीयले मतपेटिका काँधमा राखेर भागेको बताइएको छ । मतपेटिका बोेकेर स्थानीय दगुरेको सूचना पाइएलगत्तै सुरक्षाकर्मी उनीहरुको पछि लागेर मतपेटिका फिर्ता ल्याएको हो ।

विवादकै शिलशिलामा मतपेटिका लुटिएको भनिए पनि फितलो सुरक्षा व्यवस्थाका कारण सुरक्षाकर्मीको आँखा अगाडिबाटै मतपेटिका लुटिएको भन्ने छ ।बिहान ७ बजेदेखि उत्साहपूर्वक मतदान भएर ५ बजे मतदान समय सकिएको थियो । तर मतदान सकिएपछि एकाएक मतपेटिका लुटिएको विषयमा रौतहटका एसपी विनोद घिमिरेलाई स्पष्टीकरण सोधिएको जानकारी आएको छ ।



Post Views:
4

Source link