देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान «

निर्वाचन आयोग नेपालले देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ ।
आयोगले शुक्रवार साँझ पत्रकार सम्मेलन गर्दै देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको हो । तर आयोगका अनुसार यो प्रतिशत बढ्न सक्छ । किनकि
पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको बताए । उनले अझै केही स्थानमा मतदान कार्य जारी रहेकोले यसमा बढोत्तरी हुनसक्ने बताए । प्रमुख निर्वाचन आयुक्तले आयोगले अपेक्षा गरेअनुसार मतदान हुन नसकेको पनि बताए । उनले सबैभन्दा धेरै मतदाता रहेको काठमाडौंमा समेत ५२ प्रतिशत मात्रै मत खसेको अनुमान रहेका बताए । उनले प्राप्त तथ्यांकअनुसार १८ वटा मतदान स्थलमा मतदान स्थगन भएको र एकैचरणमा निर्वाचन गर्नुपरेको कारण चाहेजति सुरक्षा नभएको हो कि भन्ने भान भएको पनि बताए । प्रकृतिको असहजताका कारण केही हिमाली जिल्लाहरु, दुर्गम जिल्लाहरु आवागमनमा अफ्ठ्यारो भएकाले भोलि मात्रै हेलिकप्टरको माध्यमबाट मतपेटिका ओसार्ने गरी आवश्यक व्यवस्था मिलाइएको जानकारी दिदै प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘आज बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म सम्पन्न भएको स्थानीय तह सदस्यको निर्वाचनमा आम रुपमा यो निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको आयोगले विश्वास लिएको छ । आज निर्वाचनको दौरानमा विभिन्न जिल्लाहरुमा विभिन्न किसिमका छिटपुट घटना र केही ठाउँहरुमा अप्रिय घटनाहरु पनि भए । यसको कारणले आज सबै तहको स्थानीय निर्वाचन सम्पन्न हुन्छ भन्ने अपेक्षाकाबाबजुद अहिलेसम्म १४ जिल्लाका १७ वटा स्थानीय तहका २८ वटा मतदान स्थलका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगन भएको अवस्था छ ।’
राजनीतिक दल राजनीतिक दल तथा उम्मेदवारका बीच भएको आपसी विवाद सानो विषयमा पनि झाँगिदै जाने र अन्ततोगत्वा त्यसले उग्ररुप लिएको स्थितिका कारण केही ठाउँको प्रहरीद्वारा बल प्रयोग गर्नुपर्ने अवस्था र अलिकति मौसमको प्रतिकुलताका कारण केही स्थानीय तहमा सबै मतदाताहरुले सहभागी हुन नसकेको स्थितिले यी स्थानमा सम्बन्धित मतदान अधिकृतहरुले निर्वाचन स्थगन गरेका छन् । स्थगन गरेका मतदान केन्द्रहरुमा आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय र आयोगसँग समन्वय गरेर त्यहाँको वस्तुस्थिति समेतको आधारमा हामी छिटै पुनः मतदानको प्रारम्भ गर्नेगरी आवश्यक तयारी गरिरहेको छ ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोग सुरक्षा व्यवस्था र राजनीतिक दलहरुको व्यवस्थाको बारेमा चिन्तित र संशंकीत भएको पनि बताए ।

Source link