राैतहटकाे शितलपुर बुथमा ५ राउन्ड हवाई फायर,फतुवामा मतदान बद्दर हुने अवस्था


रौतहटको फतुवा बिजयपुर नगरपालिकाको एउटा मतदान केन्द्रमा मतदानको क्रममा बिवाद भएपछि प्रहरीले ५ राउन्ड हवाई फायर भएको छ । साे नपाको वडा नम्बर २ सितलपुर बैरगनिया मतदान केन्द्रमा बिवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड हवाई फायर गरेको हो । भिडभाड नियन्त्रण गर्न हवाई फायर गरिएको हाे ।
अहिले स्थिती सामान्य रहेको प्रहरीले जनाएको छ ।
यता साेही नगरपालिकाकाे वडा नम्बर ७ फतुवा टाेलमा मतदान राेकिएकाे छ । मतदानकाे विषयलाई लिएर विवाद भएपछि राेकिएकाे प्रहरीले जनाएको छ । विवाद साम्य पार्न अहिले डिएसपी सहितको टाेली मतदान स्थलमा पुगेकाे र मतदान बद्दर हुने अवस्था मा पुगिसकेको छ । फतुवा पूर्व सांसद जितेन्द्र यादवकाे गाउँ पनि हाे ।