फतुवा बिजयपुर मा महिलालाई नै मेयरमा जिताउने नगरबासीको प्रतिक्रिया, मम्ता कुमारी को समर्थक बढ्दै


यहि बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको चुनाव लाई लक्षित गर्दै फतुवा बिजयपुर नगरपालिका मा यस पटक महिलालाई नै मेयर पद मा जिताउने नगरबासीको प्रतिक्रिया रहेको छ।

अन्य दलहरुले महिलालाई वेवास्ता गर्दै महिलाको संवैधानिक अधिकारसमेत कुण्ठित गरेको हुँदा यस पट्क महिला उम्मेदवारलाई जिताउनुपर्ने स्थानीयले आफ्ना प्रतिक्रिया जनाएको छ ।

फतुवा बिजयपुर नगरपालिकाका विभिन्न वाडाहरुमा जसपा नेपालको तर्फबाट मेयर पद की उम्मेदवार कुमारीले जनतासँग भेटघाट गरेकी छिन् ।

बैशाख १७ गते देखि घरदैलो कार्यक्रम सुरु गरेकी कुमारिले फतुवा बिजयपुर नपा का प्रत्यक वाडा मा पुगेर नागरिकसँग भेटघाट गरि यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भोट अपिल गरेकी छिन् ।

घरदैलोका क्रममा उनले स्थानीयसँग चुनाव चिह्न छाता छाप मा मतदान गर्न आग्रह गरेकी छिन् ।