फतुवा बिजयपुर नपामा जसपा को तर्फबाट उमेदवार मम्ता कमारी र चौधरीको क्रेज, जसपा का समर्थक बढ्दै


फतुवा बिजयपुर नगरपालिकाको नगरप्रमुखकी उम्मेदवार अजय यादवकि पत्नि मम्ता कुमारी र उपप्रमुख को उमेदवार अमृत चौधरी जनतासँगको भेटघाटलाई निरन्तरता दिएका छन् । मेयरमा उम्मेदवारी दिएकी कुमारिले आइतवार फतुवा बिजयपुर नगरपालिकाका वडा न ५ मा घरदैलो गरेकी छिन् । 

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा छाता छाप चुनाव चिह्नमा मतदान गरेर महिलालाई मेयर बनाउन कुमारिले वडाबासीलाई अनुरोध गरेकी हुन् ।
यहाँका अन्य राजनीतिक दलहरुले महिलालाई उपेक्षा गरेर महिलाको संवैधानिक अधिकारलाई कुण्ठित पारेको हुँदा आफुलाई निर्वाचित गराउन नगरवासीहरु सङ्ग  उनले आग्रह गरेकी हुन् । 

फतुवा बिजयपुर नगरपालिका का सम्पुर्ण वडा लगायतका विभिन्न टोलहरुमा पुगेर नगर प्रमुख पदकी उमेदवार कुमारी र उपप्रमुख पदको उमेदवार चौधरीले स्थानीयसँग भेटेर आफ्ना सम्पुर्ण प्यानलका लागि भोट अपिल गरेका छन् । 

मिथिलान्चल टुडेले नगरवासिहरु सङ्ग प्रतिक्रिया लिदा नगरवासिहरुले पनि उनलाई समर्थन जनाइरहेका छन् । महिला, युवा देखि पुरुषहरुलेसमेत उनलाई नै मतदान गर्ने प्रतिक्रिया दिइरहेका छन् ।