
बैशाख ३० गते हुन गैरहेको स्थानिय तह को चुनाव मा आफ्नो उम्मेदवारि दर्ता गराए पस्चात कटहरिया नगरपालिकाका मेयर पदको अजय प्रकाश जैसवाल घरदैलो कार्यक्रम मा निकै व्यस्त देखिएका छन् ।
कटहरिया नगरपालिका नेपाली काङ्ग्रेस पार्टी को तर्फबाट मेयर पदको उमेदवार जैसवाल घरदैलाे कार्यक्रम लाई तिव्रताको साथ बढाउनुको सथै निकै व्यस्त देखिएका छन् ।
चुनावी प्रचार प्रसारको क्रममा उनले शनिबार कटहरिया नगरपालिका वडा नम्बर ३ बिर्ती परस्टाेका मा घरदैलो गरेका हुन ।
कटहरिया नगरपालिकाका विकासका लागि नयाँ पूर्वाधारको निर्माण,र नमुना गाउँ बनाउने र जनताहरुको दुःख,सुख साटासाट गर्ने,गरिब जनताको बिच मा सधै काधमा काँध मिलाएर अगाडि बढने,र आफ्नो सोच,जिबन जनतामा समर्पित गर्ने जैसवालले व्यक्त गरे । जैसवालले घरदैलो कार्यक्रम मा प्रतेक जन्ताकाे अनुसार काम गर्ने प्रतिबध्दता समेत व्यक्त गरेका छन् ।
घरदैलो कार्यक्रममा जैसवालले नेपाली काङ्ग्रेस का सम्पुर्ण उमेदवारहरुलाइ जिताउनकाे लागि नगरवासि संग हार्दिक अनुराेध गर्दै उम्मेदवार जैसवालले मतदातालाई सम्झाई बुझाई गरेका छन् ।
घरदैलो कार्यक्रममा मेयर पदको उमेदवार जैसवाल, उपमेयर पदकि उमेदवार रिता देवि, त्यस्तै वाड न. ३ का वाडाध्यक्ष पदको उमेदवार उमेश राय यादव लगायत सो वाडावासीहरुको सहभागिता रहेकाे थियाे ।
