हजारौं जनलहरको साथ फतुवा बिजयपुर नपा ११ मा जसपा नेपालको घरदैलो कार्यक्रम सम्पन्न


रौतहटको फतुवा बिजयपुर नपा वाड न. ११ मा हजारौं जनलहरको साथ जसपा नेपालको घरदैलो कार्यक्रम सप्पन्न भएको छ ।

चुनावी प्रचार प्रसारको क्रममा बिहिबार फतुवा बिजयपुर नगरपालिका का मेयर पदकि उमेदवार मम्ता कुमारी, उपमेयर पदको उमेदवार अमृतलाल चौधरी, वाडाध्यक्ष पदको उमेदवार ज्ञानेन्द्र चौधरीले वडा नम्बर ११ अन्तर्गत पर्ने सम्पुर्ण टोल टोल मा पुगेर घरदैलो गरेका छन् ।

घरदैलो कार्यक्रममा तिनटै उमेदवारले जसपा नेपाल का सम्पुर्ण उमेदवारहरुलाइ जिताउनकाे लागि नगरवासि संग हार्दिक अनुराेध समेत गरेका छन् ।

फतुवा बिजयपुर नगरपालिकाको विकासका लागि नयाँ पूर्वाधारको निर्माण,र नमुना गाउँ बनाउने र जनताहरुको दुःख,सुख साटासाट गर्ने,जन्ताका बचाहरुको लागि गुणस्तरिय शिक्षा को व्यवस्था गर्ने,गरिब जनताको बिच मा सधै काधमा काँध मिलाएर अगाडि बढने,र आफ्नो सोच,जिबन जनतामा समर्पित गर्ने र महिला हिंसा लाई अन्त गर्ने प्रतेक जन्ताकाे अनुसार काम गर्ने,प्रतिबध्दता समेत उमेदवारहरुले गरेका छन् ।

घरदैलो कार्यक्रममा मेयर पदकि उमेदवार कुमारी, उपमेयर पदको उमेदवार चौधरी, त्यस्तै वाड न. ११ का उमेदवार ज्ञानेन्द्र चौधरी, मधेश प्रदेश कमिटी सदस्य बिजय चौधरी, जसपा नेपाल फतुवा बिजयपुर का नगर अध्यक्ष अजय यादव वाडाध्यक्ष पद को उमेदवार लगायत हजारौं जन्ताहरुकाे सहभागिता रहेकाे थियाे ।