फतुवा बिजयपुर नपा ११ नेकपा माओवादी केन्द्र का युवा नेता महतो समेत दर्जनौ जन्ता माओवादी केन्द्र लाई परित्याग गरि जसपा मा प्रवेश


रौतहट जिल्लाको फतुवा बिजयपुर नपा वाड न.११ भैसही निवासी नेकपा माओवादि केन्द्र का युवा नेता राजु महतो लगायत दर्जनौ जन्ता जसपा मा प्रवेश गरेका छन् ।

मङ्गलबार गुजारा नपा वाड न. ०७ जयपुर पल्टुवा गुजरा नगरपालिकाको उपमेयर को पदको उम्मेदवार नेसार जि को निबास मा आयोजित एक कार्यक्रम बिच युवा नेता महतो लगायत दर्जनौ जन्ताहरुले नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरि जसपा मा प्रवेश गरेको मधेश प्रदेश कमिटी सदस्य बिजय चौधरिले बताएका छ्न।

अहिलेको माओवादी केन्द्र पार्टी पहिला को जस्तो राम्रो सिद्दान्त न बोकेको र जन्ता र देश बारे न सोचने, सम्मान रुपले हरेक नेपाली जन्ताहरुलाइ न हेरेर एउटा पुजीवादी, जातिवादी, परिवार वादी पार्टी भैसकेको नव प्रवेसी नेता कार्यकर्ताहरुले मिथिलान्चल टुडे लाई बताएका छन् ।

जसपा नेपाल का केन्द्रीय कार्यकारणि सदस्य माननीय गोबिन्द चौधरी र मधेस प्रदेश कमिटी सदस्य चौधरीले नव प्रवेशीहरुलाइ टीका माला लगाइ जसपा नेपाल मा स्वागत गरेका छन् ।